अपडेट 
२०८१ असार १०, सोमबार ०७:४७

आर्थिक अवस्था दयनीय भएकै कारण एक युवती उपचारबाट वञ्चित छिन् ।

जिल्लाको हरिपुर नगरपालिका–८ का रामबाबु विश्वकर्मा र देवकी विश्वकर्मा दम्पतिकी छोरी विमला विश्वकर्माले आर्थिक विपन्नताकै उपचार पाउन नसकेकी छैनन् । हातगोडा नचल्ने भएका कारण वर्षाैँदेखि ह्विलचेयरमा आश्रित विमलालाई केही दिनअघि काठमाण्डु लगिए पनि आर्थिक अभावले उपचार सूरु गर्न नसकिएको आमा देवकीले दुःखेसो गरिन् । हरिपुर नगरपालिकाबाट सिफारिस लिएपछि सरकारले सित्तैमा उपचार गरिदिन्छ भनेर छोरीलाई काठमाण्डु ल्याएको भन्दै देवकीले भनिन्, तर यहाँ त अस्पतालमा ५ लाख रुपैयाँभन्दा बढी लाग्छ भनेपछि छाँगाबाट खसेजस्तै भए, खान पनि पैसा नभएकाले अहिले काठमाण्डुमै मागेर भौँतारिरहेको छु ।’ विपन्नताकै कारण छोरीको उपचारका लागि सहयोग गरिदिनका लागि अपिलसमेत उनले गरिन् ।

Comment


Related News

Latest News

Trending News