अपडेट 
२०८१ असार १०, सोमबार १३:२९

सरकारले निलम्बित मुख्यसचि वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी अर्याललाई सरुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा परेका थिए ।

बैठकले निमित्त मुख्यसचिवको जिम्मेवारी लिलादेवी गड्तौलालाई दिने निर्णय समेत गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका वरिष्ठ सचिवहरूमध्येबाट गड्तौलालाई निमित्त मुख्यसचिव बनेकी हुन् ।

Comment


Related News

Latest News

Trending News