सर्लाही जिल्ला अदालतले आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको हो ।
प्रहरीले खोजी गर्न थालेपछि उनी लामो समय बेपत्ता रहेका थिए । उनलाई २०८० परुष २४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो ।