अपडेट 
२०८१ असार ११, मंगलवार ०७:२६

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेशको वर्तमान सरकार सञ्चारमैत्री रहेको बताएका छन् ।

जनकपुरधाममा सोमबार समाजवादी प्रेस संगठन नेपाल धनुषा शाखाद्वारा आयोजित समाजवाद र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकार सञ्चारमैत्री रहेको दाबी गरे । उनले मधेशको सञ्चार क्षेत्रलाई थप सबल र सक्षम बनाउन प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रममा खोज पत्रकारिता र बीमाको व्यवस्थासमेत गरेको बताए ।

सञ्चार क्षेत्रको सकारात्मक सोच र सकारात्मक विचारले सम्प्रेषण भएका समाचारले प्रदेशको विकासमा असर पुग्ने बताउँदै मुख्यमन्त्री सिंहले सञ्चारकर्मीहरुलाई अफवाहको पछि नलागी सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गरे । मुख्यमन्त्री सिंहले प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट विनियोजनमा कर्मचारीहरुले गरेका बदमाशी कारण रकम र शीर्षक फेरबदल भएको बताए ।

मुख्यमन्त्री सिंहले समाजवाद, पूँजीवाद, उत्तरपन्थी र दक्षिण पन्थीको पछी नलागेर देश विकासका प्रमुख मुद्दाहरुका पछी लाग्न आग्रह गरे । उनले देशको अवश्यकता पूजीँवाद की समाजवाद हो भन्ने बारे बुझ्न आवश्यक रहेको बताए ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष राजेशकुमार कर्णले प्रेस स्वतन्त्रता भाषणमा मात्र लागु हुँदै आएको बताए । उनले सत्ता बाहिर हुँदा प्रेस स्ततन्त्रता बारे उठाएका विषय कार्यान्वयन गर्न आग्रह गरे । अकुलप्रसाद साहको अध्यक्षतामा आयोजित समाजवाद र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोबिन्द बहादुर न्यौपाने, नीति आयोग मधेश प्रदेशका सदस्य रामचन्द्र पण्डितलगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News