अपडेट 
२०८१ असार ११, मंगलवार ०७:३५

धनुषाको मिथिला बिहारी नगरपालिकाले ४३ करोड ४९ लाख २३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

सो अन्तर्गत मिथिला बिहारी नगरपालिकाको १० औँ नगरसभाबाट आगामी आर्थिक वर्ष ०८१÷०८२ को नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरिएको छ । वित्तीय समानिकरण तर्फ १० करोड ९६ लाख रुपैयाँ, सशर्त अनुदान तर्फ २० करोड ३२ लाख ३ हजार रुपैयाँ, राजश्व बाँडफाँटतर्फ ९ करोड १५ लाख रुपैयाँ, सम्पूरक अनुदानतर्फ ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै प्रदेश सरकारबाट प्राप्त अनुदान अन्तर्गत वित्तीय समानिकरणतर्फ ८० लाख रुपैयाँ र आन्तरिक श्रोत अन्तर्गत राजश्व अनुमान १ करोड ६० लाख विनियोजन गरिएको छ ।

Comment


Related News

Latest News

Trending News