अपडेट 
२०८१ असार ११, मंगलवार १६:०८

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले टाउकामा भएका सिस्टको शल्यक्रिया प्रदेश सरकार मातहतमा रहेको मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा गराएका छन् ।

जनकपुरधाममा निजी क्षेत्रका सुविधासम्पन्न अस्पताल हुँदाहुँदै पनि उनले सरकारी अस्पतालमा शल्यक्रिया गराएका हुन् ।मुख्यमन्त्री सिँह प्रतिष्ठानका कुलपति समेत हुन् ।

मुख्यमन्त्री सिँहको टाउकामा भएको सिस्टको शल्यक्रिया करिब १५ मिनेटसम्म भएको र त्यसपछि उनी सामान्य अवस्थामा कामकाजमा फर्किसेकेको शल्यक्रियामा संलग्न सर्जन डा. अश्विनी यादवले बताए । शल्यक्रियामा उनीलगायत अर्का सर्जन डा।राकेश पण्डित, एनेस्थेस्टिक डा। सञ्जय यादव र डा. सन्दीप शर्मालगायतको समूह संलग्न थियो ।

शल्यक्रियाअघि र पछि मुख्यमन्त्री सिँहले अस्पतालका विभिन्न सेवा निरीक्षण गरेका थिए । निरीक्षणपछि उनले अस्पतालमा थप पूर्वाधार विकास, जनशक्ति र सरसफाइ व्यवस्थापन आवश्यक रहेको भन्दै ती कामका लागि प्रदेश सरकारले अग्रसरता लिने बताए ।

निरीक्षणक्रममा मुख्यमन्त्री सिँहलाई अस्पतालको वस्तुस्थितिबारे प्रतिष्ठानका उपकुलपति डा।अंकुर साह र रजिस्ट्रार डा.विनोदकुमार यादवलगायतले जानकारी गराएका थिए ।

Comment


Related News

Latest News

Trending News