अपडेट 
२०८१ असार १२, बुधबार ०७:००

लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्साको वीरगञ्ज महानगरपालिका–३२ का ३० वर्षीय मुनिलाल प्रसाद रौनियार, पोखरिया नगरपालिका–२ का १९ वर्षीय दीपेन्द्र शर्मा र पकाहामैनपुर गाउँपालिका–४ स्थित खेस्राहाका १९ वर्षीय भिम गिरी रहेका छन् ।

वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ६०५९ नम्बरको यात्रुवाहक बसलाई रोकेर चेकजाँचसमेत गरेको थियो । सो क्रममा बसमा चालक बस्ने सिटमुनि लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध खैरो हेरोइन बरामद भएको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । आरोपीहरुको साथबाट खैरो हेरोइन ९ ग्राम ७६० मिलिग्राम फेला पारेको प्रवक्ता न्यौपानेले बताए । पक्राउ परेका आरोपीहरुमाथि लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News