अपडेट 
२०८१ असार १२, बुधबार ०७:०२

विदेह नगरपालिकाकी उपमेयर आशा देवी झाले सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण आवश्यकता रहेको बताएकी छन् ।

विदेह नगरपालिकास्तरीय महिला अधिकार मञ्च गठनको क्रममा उपमेयर झाले महिलाहरु अझै पनि आफ्नो अधिकारबारे सचेत नहुँदा समाजमा महिलामाथि विभिन्न किसिमले हिंसाहरु भइरहेकाले यसप्रति गम्भीर हुनसमेत आग्रह गरिन् । उनले महिलाहरुलाई जबसम्म सम्पत्ति र घरको महत्वपूर्ण कामको निर्णयको क्रममा सोधखोज नभएसम्म अधिकारविहीन झैँ रहने गरेकाले घरपरिवारले यसप्रति ध्यान दिनुपर्ने बताइन् । धनवन्ती प्रधानको अध्यक्षतामा १९ सदस्यीय महिला अधिकार मञ्च विदेह नगर समिति गठन गरिएको छ ।

सो समितिको उपाध्यक्षमा निर्मलादेवी पासवान, बबिताकुमारी मण्डल, सहसचिवमा फलझारो मण्डल र कोषाध्यक्षमा रामो देवी पण्डित रहेकी छन् । त्यस्तै सदस्यहरुमा गीता देवी दास, मञ्जु झा, अमना खातुन, मोमिन खातुन, घुर्नी देवी महरा, प्रमिला कुमारी पासवान, सरिता मण्डल, निर्मला देवी महरा, कल्पना कुमारी मण्डल, कौशिला देवी पण्डितलगायतका रहेकी छन् ।

दुई दिनसम्म चलेको महिला भेला तथा महिला अधिकार मञ्च गठन कार्यक्रममा विदेह नगरपालिकाकी कार्यपालिका सदस्य सुधिरा देवी चौधरीलगायतको समेत सहभागिता रहेको थियो । त्यसैगरि लक्ष्मीनिया गाउँपालिकाको उपमेयर फुलकुमारी यादवनीको प्रमुख आतिथ्यतामा चलेको दुई दिवसीय कार्यक्रमबाट कुश्मा देवी मालीको अध्यक्षतामा १७ सदस्यीय महिला अधिकार मञ्च लक्ष्मीनिया गाउँपालिका समिति गठन गरिएको छ । सो समितिको उपाध्यक्षमा निर्मला कुमारी साह, सचिवमा सरिता मण्डल, सहसचिवमा मञ्जु शर्मा र कोषाध्यक्षमा पवन देवी दासलगायतका रहेकी छन् ।

Comment


Related News

Latest News

Trending News