अपडेट 
२०८१ असार १२, बुधबार ११:३४

अत्यधिक वर्षाले विराटनगरका बस्ती जलमग्न बनेका छन्। विराटनगर महानगरपालिकाका ५, ६, १२, १६, १८, १९ वडा जलमग्न बनेको हो।

१२ नम्बर वडाध्यक्ष हिरालाल कामतका अनुसार अत्यधिक वर्षाका कारण बूढी खोला, केसलिया लगायत खोलामा जल सतह बढेको छ। त्यस्तै वर्षात्को पानीले निकास नपाउँदा पनि सडकमा खोला बग्ने स्थिति बनेको उनले बताए।

वडा नम्बर ५ को सम्झना चोक, विशाल चोकलगायत ठाउँ जलमग्न भएका छन्।

पछिल्लो मोरङको हरैचामा ९५ मिलिलिटर पानी परेको छ।

भारी वर्षा भने झापाको केचना र पोखराको लामापाटन क्षेत्रमा भएको छ। झापाको केचनामा पछिल्लो २४ घन्टामा १५५.६ मिलिमिटिर र लामापाटनमा १५० मिलिमिटर पानी परेको छ। सोलुखुम्बुमा १२० मिलिमिटर पानी परेको छ। सिराहाको ढोढनामा १०४.४ र उदयपुरको सुन्दरपुरमा १०२ मिलिमिटर पानी परेको छ।

Comment


Related News

Latest News

Trending News