अपडेट 
२०८१ असार १३, बिहीबार ११:३७

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सबैभन्दा बढी ७८ हजार ८७४ जनाले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त गरेका छन् ।

ननग्रेड ल्याउनेको संख्या २ लाख ४२ हजार ३१३ रहेको छ । ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् ।

१.६० जीपीएदेखि २ सम्म ६ जनाले ल्याएका छन् ।

३.६० देखि ४ जीपीए ल्याउनेको संख्या ३१ हजार २०९ रहेको छ । माथिल्लो जीपीए ल्याउनेको संख्या वृद्धि भएको शर्माले बताए ।

परीक्षामा  सहभागी भएका ४ लाख ६४ हजार ७८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ २ लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भए ।

ग्रेडिङअनुसार यस्तो छ विवरण :

Comment


Related News

Latest News

Trending News