रौतहट स्थित सशस्त्र प्रहरीले ६ महिनाको अवधिमा हुन्डीको ३३ लाख भन्दा बढी रुपैयाँ बरामद गरेको छ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलको टोलीले पछिल्लो पटक गत असार ६ गते भारतबाट आउने मानिसहरूको चेकजाँच गर्ने क्रममा बंकुल छेउबाट स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित हुन्डी कारोबारमा संलग्न एक जना भारतीय नागरिक लाई पक्राउ गरेको थियो ।
गत माघ ५ गते ५ लाख ९४ हजार सहित एक जना मानिसलाई मोटरसाइकल सहित सशस्त्र प्रहरीले पक्राउ गरेको थियो। २०८० पुस २० गते ५ लाख ११ हजार, ८७५ रुपैयाँसहित दुई मानिस एकथान मोटरसाइकल, सोही दिन भारतीय रुपैयाँ ५ लाख अर्थात नेपाली ८ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ गरेका थिए ।