अपडेट 
२०८१ असार १४, शुक्रबार ०८:०२

धनुषाको बटेश्वरमा आँप मेलाको आयोजना हुने भएको छ ।

स्थानीय आँपको प्रवद्र्धन गर्न बटेश्वर गाउँपालिका–१, चित्रपुरस्थित स्वास्थ्य चौकी नजिक आँप मेलाको आयोजना गरिने जनाइएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समिति लक्ष्मीनिवासले जेठ १४ गते शुक्रबार आँप मेलाको आयोजना गर्न लागेको लागिएको जनाइएको छ ।

स्थानीय आँपको प्रवद्र्धन तथा नयाँ पुस्तालाई आँपका प्रजाति चिनाउन मेलाको आयोजना गरिएको स्थानीय फुलगेन महतोले बताए । उनले मेलामा आँपका परिकार प्रदर्शनीमा राखिने, बाहिरबाट आउने विद्यार्थीलाई आँप रुखका प्रजाति चिनाउने, र मेलामा आउने अतिथिलाई निःशुल्क आँप खुवाउने कार्यक्रम राखिएको बताए । उनले सो आँप मेलाको उद्घाटन मधेश प्रदेश सकारका अर्थमन्त्री भरतप्रसाद साहले गर्ने योजना रहेको बताए । सो आँप मेलामा तीन सय भन्दा बढी प्रजातीको आँप प्रदर्शनीमा रहने उनले बताए ।

Comment


Related News

Latest News

Trending News