अपडेट 
२०८१ असार १४, शुक्रबार ०८:०८

वीरगञ्ज महानगरपालिका– ३२ स्थित रामवनको घना बस्ती जोगाउन पर्साका राजनीतिक दलहरुले आग्रह गरेका छन् ।

रामवनमा निर्माणाधीन चिडियाखाना बनाउन ११० भन्दा बढी घरहरु रहेको बस्ती हटाउन डिभिजन तथा वन कार्यालयले १५ दिने सूचना जारी गरे पछि बिहीबार पर्साका स्थानीय राजनीतिक दलका नेताहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै वस्ती जोगाउन आग्रह गरेका छन् । यस अघि पर्साका राजनीतिक दल सम्मिलित सर्वदलीय टोलीले रामवनमा रहेको वस्तीको अवलोकन भ्रमण समेत गरेका थिए ।

सो सर्वदलीय टोलीमा नेपाली कांग्रेसका पर्सा जिल्ला सभापति जनार्दन सिङ्ग क्षेत्री, नेकपा एमाले अध्यक्ष डा. विश्वम्भर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका संयोजक हरी पन्त ,जसपा पर्सा सचिब तब्रेज आलम नेकपा एसका मनोज चौधरीलागायतका राजनीति दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो ज्ञापनपत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले वस्ती जोगाएर न्यून क्षतिमा समस्या समाधान गर्न पहल गरिने आश्वासन दिए ।

Comment


Related News

Latest News

Trending News