अपडेट 
२०८१ असार १४, शुक्रबार १९:२३

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको छ ।

स्वास्थ्यमन्त्री प्रदीप यावदले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा समिति गठन गर्नुभएको हो । समितिले औषधिको गुणस्तरको अनुगमन गर्नुका साथै औषधि उद्योग, फार्मेसी, औषधिसँग सम्बन्धित निकायको सञ्चालनको अवस्था, सेवा प्रवाह, क्षमता, सञ्चालन प्रक्रिया र मापदण्डको बारेमा अध्ययन गर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

औषधिको गुणस्तर, समस्या र चुनौतीलगायत विषयको पनि स्थलगत अध्ययन गरिने मन्त्रालया प्रवक्ता बुढाथाेकीको भनाइ छ । समितिले दुई हप्ताभित्र प्रतिवेदन मन्त्रालयमा पेश गर्नेछ ।

Comment


Related News

Latest News

Trending News