
सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात् अस्ति शुक्रवारको तुलानामा दुई सय रुपैयाँले बढेको आज सुन तोलाको एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ भने आज घटबढ भएन । आज चाँदी तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।