अपडेट 
२०८१ असार १६, आईतवार १६:०६

सर्लाहीको हरिवनमा आइतबार मध्यान्ह खेत जोतिरहेको ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ ।

हरिवन नगरपालिका–१, पटौनामा धान रोपाइँका लागि खेत जोत्दै गरेको ज १ त ५७५७ नं. को ट्र्याक्टर आफैँ अनियन्त्रित भइ पल्टँदा चालक हरिवन नगरपालिका–२, अत्रौलीका ५० वर्षीय सहदेव राउतको मृत्यु भएको हो ।

खेतको आली चढाउने क्रममा ट्र्याक्टर पल्टँदा चालक राउतको रोटाभेटरमा च्यापिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News