अपडेट 
२०८१ असार १६, आईतवार १९:०६

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंले आइतबार सात दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। झालाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो।

‘पक्राउ परेको मितिदेखि लागु हुने गरी ७ दिन हिरासतमा राख्न म्याद थप भएको छ,’ एसपी अधिकारीले भने।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाहरूलाई उच्च पदस्थ नेताहरूलाई भेटाउने काम गरेको आरोप उनीमाथि छ।

उनी पक्राउ परेसँगै दोस्रो चरणको अनुसन्धान अघि बढेको हो। यसअघि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पनि शुक्रबार नै पक्राउ परेका थिए।

थापालाई पहिलो चरणको अनुसन्धानमा प्रतिवादी बनाइए पनि झाको ठेगाना नखुलेको भन्दै प्रतिवादी बनाइएको थिएन। थापालाई आइतबार नै जिल्ला अदालतमा उपस्थित गराइएको थियो। उनलाई अदालतले फिर्ता पठाएको छ।

Comment


Related News

Latest News

Trending News