अपडेट 
२०८१ असार १६, आईतवार १९:१४

बजेट पुर्नलेखनको मांग गर्दै मधेश प्रदेशका विपक्षीदलहरुले मुख्यमन्त्री सतिश कुमार सिंहलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

आइतबार नेपाली कांग्रेसका संसदिय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका संसदिय दलका नेता निर्वतमान मुख्यमन्त्री सरोज कुमार यादव, लोसपा नेपालकी प्रमुख सचेतक रानी शर्मा तिवारी र राप्रपाका संसदिय दलका नेता कञ्चन विछाले सामुहिक रुपमा मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण पत्र बुझाउदै मधेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको बजेटको पुर्नलेखन गर्न मांग गरेका छन् ।

बजेट सम्बन्धमा गत असार १३ गते मुख्यमन्त्रीको कार्यकक्षमा बसेको सर्वदलिय बैठकमा मुख्यमन्त्री र स्वयंम अर्थ मन्त्री भरत साहले नै पिएलएमबिआईएस ह्याक्रहरुबाट सिस्टम ह्याक भई कार्यक्रम तथा बजेट रकमहरु प्रबिष्ट गरिएको भनि जानकारी आएकाले बजेट स्वीकार्य हुन नसक्ने उनीहरुको तर्क छ ।

उनीहरुले सो सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन संसदिय छानबिन समितिको गठन, बजेट पुर्नलेखन तथा प्रदेशसभामा पुनः छलफल र बजेट पुर्नलेखन हुँदा सबै संसदिय क्षेत्रमा सन्तुलित बजेट कायम गर्नुपर्नेसहित तीन सुत्रिय मांग गरेका छन् । बिपक्षी सबै नेताहरुले बजेट जस्तो संवेदनशिल बिषयमा पनि गम्भिर त्रुटी हुनु र स्वयम मुख्यमन्त्री तथा अर्थमन्त्रीले पनि स्वीकार गर्नु दुःखद रहेको बताए ।

Comment


Related News

Latest News

Trending News