
धनुषामा जन्ती सबार बस दुर्घटना भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको बस सडक छेउमा पल्टिँदा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा राति ९ बजे जन्ती सबार ना ४ ख ४४९२ नम्बरको बस दुर्घटना भएको हो ।
घाइतेहरुको गोदार स्थित रिया पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात बस चालक फरार रहेको छ भने चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।