अपडेट 
२०८१ असार १७, सोमबार १५:५७

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बिभिन्न समयमा भएका भ्रष्टाचार छानविन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै लामिछानेले भ्रष्टाचारमा संलग्नहरुमाथि कारबाही गर्न निर्मम भएर लाग्ने भन्दै बिभिन्न प्रकरणको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको जानकारी दिनुभएको हो ।

कुनै एक पक्षले मात्रै सक्रियताका साथ काम गर्दैमा भ्रष्टाचार नियन्त्रण सम्भव नभएको भन्दै उहाले पर्याप्त कानूनी आधार, स्रोतसाधनसहित भएका संरचनाहरुको स्तरोन्नति आवश्यक रहेको बताउनुभयो । बिभिन्न प्रकरणको छानबिनका लागि राजनीतिक नेतृत्व तयार हुने र अख्तियार प्राप्त नेतृत्वले राजनीतिक स्वार्थ प्रेरित नभइ निष्पक्ष अनुसन्धान र अभियोजन गर्ने हो भने न्यूनीकरण हुँदै भ्रष्टाचार नियन्त्रण सम्भव रहेको उहाको भनाइ छ ।

उहाले विपद् पूर्वतयारीका लागि सरकारले सवै काम गरिरहेको भन्दै विधि प्रक्रियाबाट बिपद्मा परेका नागरिकहरुलाई सम्बोधन गर्ने जानकारी दिनुभयो । आफ्नो राहदानीको बिषयमा कांग्रेस सांसद प्रदीप पौडेलले उठाएको प्रश्नको जवाफ दिदै लामिछानले उक्त बिषय अदालतमा बिचाराधीन रहेको भन्दै चर्चा गर्न उपयुक्त नहुने बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News