अपडेट 
२०८१ असार १७, सोमबार १७:००

नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

अध्यक्ष केपी शर्मा ओलीले देवलाई सोमबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीमा प्रवेश गराएका हुन्।

देव कांग्रेसबाट यसअघि राष्ट्रिय सभा सदस्य थिए भने उनी पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा संविधान सभा सदस्य पनि हुन्।

विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकबाट देव कांग्रेसमा प्रवेश गरेका थिए।

त्यसअघि उनी एमालेबाट मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए।

त्यस्तै लोकतान्त्रिक पार्टीका उपाध्यक्ष तथा संविधान सभा सदस्य अकबाल अहमद साह पनि एमाले प्रवेश गरेका छन्। उनी पनि पूर्वमन्त्री हुन्।

देव र अहमदसँगै विभिन्न पार्टीबाट १५ जना नेता–कार्यकर्ता प्रवेश गरेको एमालेले बताएको छ।

Comment


Related News

Latest News

Trending News