अपडेट 
२०८१ असार १८, मंगलवार ०७:२४

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

सोमबार बसेको प्रदेशको सुरक्षा व्यवस्था सम्बन्धि बैठकमा मुख्यमन्त्री सिंहले प्रदेशका आठै जिल्लाका प्रहरी प्रमुखलाई मधेशमा चोरी, डकैती जस्ता घटनाहरुलाई न्यूनिकरण गर्न राती गस्ती खटाउन र तस्करीलाई रोकथाम गर्न निर्देशन दिए ।

प्रदेशमा बढ्दो महिला हिंसा,अपराधिक कृयाकलाप, आत्महत्या लगायतका घटनालाई रोकथाम गर्न प्रहरीको विशेष भूमिका रहेकोले यस्ता कृयाकलपा रोक्न समाजमा जनचेतना फैलाउन पनि आग्रह गरे ।

सुन्दर र शान्त मधेश प्रदेशको कल्पना गरे बमोजिमको अगामी कार्ययोजना बनाउन पनि मुख्यमन्त्री सिंहले प्रहरी अधिकारीहरुसँग सुझाव लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।यसका साथै प्रहरी अधिकारीहरुले पनि आफ्नो अगामी योजनाबारे मुख्यमन्त्रीलाई जानकारी गराएको थियो ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले प्रदेशको सुरक्षा व्यवस्थाहरू बारे मुख्यमन्त्रीलाई ब्रिफिङ्ग गरेको थियो ।बैठकमा प्रहरी नायब महानिरीक्षक यज्ञ विनोद पोखरेलसहित मधेश प्रदेशका आठवटै जिल्लाका सुरक्षा निकायको प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News