अपडेट 
२०८१ असार १९, बुधबार ०७:४२

सिरहाको धनगढीमाई नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा टिपरले विंगरलाई ठक्कर दिएको छ ।

पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना १ आ १६४ नम्बरको टिपरले पूर्वबाट पश्चिमतिर आउँदै गरेको ना १ ज ६४३८ नम्बरको विंगरलाई ठक्कर दिएको सिरहा प्रहरीले जनाएको छ । जिल्लाको धनगढीमाई नगरपालिका– ९ स्थित मुसहर्नियामा मंगलबार अत्यधिक गतिमा गुडिरहेको टिपर अनियन्त्रित भएर विंगरलाई ठक्कर दिएको सिरहा प्रहरीले जनाएको छ ।

सो विंगरमा २० जना सवारमध्ये अधिकांश यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरूको दुर्घटनास्थल नजिकैको अस्पतालमा उपचार भइरहेको जनाएको छ । टिपर र विंगरका सवारी चालकहरु भने फरार भएको र उनीहरूको खोजीकार्य भइरहेको सिरहा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले बताए ।

Comment


Related News

Latest News

Trending News