शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका विपरीत सञ्चालनमा रहेका विदेशी सम्बन्धन शिक्षण संस्थामा भर्ना नगर्न आग्रह गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै नियम विपरीत सञ्चालनमा रहेको शिक्षण संस्थाहरूमा विद्यार्थी भर्ना नगर्न सूचित गराउन सार्वजनिक आह्वान गरेकी हुन् ।
मन्त्रालयले पूर्व सचिव शङ्कर कोइरालाको संयोजकत्वमा गठित उच्चस्तरीय समितिबाट प्राप्त सुझावलाई समावेश गरी निर्देशिका संशोधन गर्ने निर्णय गरेको छ । यसका लागि उच्च शिक्षा महाशाखा प्रमुखको संयोजकत्वमा गठित कार्यदलको म्याद थप गरी १५ दिन भित्र मस्यौदा तयार गरी पेस गर्न निर्देशन दिइएको छ ।