अपडेट 
२०८१ असार २०, बिहीबार ०८:०३

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपालको संविधान संशोधन गर्नु आवश्यक रहेको बताएका छन् । जनकपुरधाममा बुधबार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले संविधानसभाबाट संविधान निर्माण भए पनि आजको आवश्यकता संविधान संशोधन गर्नु रहेको बताए ।

उनले ०७२ सालमा जारी भएको संविधानले जनताको सर्वोच्चताको प्रतिनिधित्व गरेको भन्दै सो संविधान असफल भयो भने दुर्भाग्यपूर्ण अवस्था आउन सक्ने टिप्पणी गरे । उनले दुर्भाग्यपूर्ण स्थिति आउन नदिनका लागि पनि संविधान संशोधन गर्ने र मुलुकलाई निकास दिनेतर्फ सोच्नुपर्ने आवश्यकता रहेको बताए । उनले कांग्रेस र नेकपा(एमाले)का बीचमा भएको पछिल्लो सहमतिले देशलाई स्थिर सरकार दिने भन्दै नेता केसीले आगामी सरकारले आर्थिक सुधारको गतिविधिलाई सामूहिक मिसनको रूपमा अघि बढाउनु पर्ने आवश्यकता रहेको बताए ।

उनले सरकार परिवर्तन केवल मन्त्री बनाउनका लागि मात्रै नभई जनतामा देखिएका नेताहरुप्रतिको असन्तुष्टिलाई सम्बोधन गर्नेगरी नयाँ गठबन्धनले काम गनुपर्ने सुझाव दिए । नेता केसीले अहिले समानुपातिक निर्वाचन प्रणाली हटाइए पनि अहिले नै प्रदेश संरचना भने नहट्ने प्रस्ट पारे । बरु समानुपातिक सिटका लागि निर्वाचन प्रणाली अनुसार निर्वाचन क्षेत्र तोकेर समानुपातिक तर्फलाई सुरक्षित गर्न सकिने र सोको लागि समेत बहस हुनुपर्ने उनले बताए ।

यसले सबै समुदाय, पहिचान र अधिकारको समेत सुनिश्चितता रहने उनको भनाइ छ । कांग्रस–माओवादीको गठबन्धन टुट्नुमा माओवादी अहंकार रहेको बताउँदै नेता केसीले अहिलेको एमाले–माओवादीको गठबन्धन टुट्नुमा पनि माओवादीकै अहंकार रहेकाले अहिलेको नयाँ गठबन्धन अर्थात कांग्रेस–एमालेको गठबन्धन बन्नुमा आन्तरिक राजनीतिक तथा घरेलु आवश्यकताले नै रहेको उनले दाबी गरे ।

बिकास निर्माण तथा कृषि क्षेत्र, स्वास्थ्य क्षेत्र, शैक्षिक क्षेत्र असफल भएको देखिन्छ । यश क्षेत्रलाई प्राथमिक दिएको देखिएन । दृढतापुर्वक निदान गर्नु पर्ने देखिएको छ । मुलुकको अर्थतन्त्र खस्केको छ, यसलाई उकास्नका लागि काम गर्नु पर्छ । नेता केसीले संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनाउँदै गर्दा संसद्को प्रतिपक्ष भूमिका कमजोर हुनसक्ने प्रश्न उठ्ने भन्दै प्रतिपक्षी दलहरूले प्रतिपक्षको सशक्त हैसियतलाई जीवन्त राख्न सक्नुपर्ने बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News