२०८१ असार २०, बिहीबार १९:५०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका मेयर/उपमेयरसहित ११ जनाविरुद्ध आज विशेष अदालत काठमाण्डौमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कटहरिया नगरपालिका–२ जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्सको कामका लागि रकम विनियोजन भएकोमा स्वीकृत लागत अनुमानअनुसार काम नगरि कमसल काम गरि अनियमितता गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा १२ लाख ५२ हजार रुपैयाँभन्दा धेरै भुक्तानी लिई/दिई भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको आरोपपत्रमा उल्लेख छ ।

योजना र भुक्तानीमा संलग्न मेयर अजय प्रकाश, उपमेयर रिता देवीसहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख रामनरेशप्रसाद यादव, कार्यपालिका सदस्य समिशविक्रम शाह, मनोजप्रसाद जैसवाल, इन्जिनियर मोहम्मद मकसुद आलम, उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिताकुमारी चौधरी र सचिव योगेन्द्र साहविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News