२०८१ असार २०, बिहीबार १६:३२

काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गतको निर्माणाधीन लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ ।

नेपाली सेनाका अनुसार द्रुतमार्ग अयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन सुरुङमार्ग बिहीबार छिचोलिएको हो ।

निर्माणाधीन लेनडाँडा जोडी सुरुङ (ट्वीन ट्युब टनेल)मध्ये निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग छिचोलिएको सेनाले जनाएको छ । छिचोलिएको सुरुङमार्गको लम्बाइ एक हजार ६१२ मिटर छ ।

सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले भर्चुअल माध्यममार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गर्नुभएको थियो । सो अवसरमा प्रधान सेनापतिले तोकिएको समयमानै सुरुङमार्गहरु  छिचोलिने क्रम रहेकोमा खुसी व्यक्ति गर्नुहुँदै नेपाल सरकारबाट नेपाली सेनालाई जिम्मेवारी प्राप्त यर राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिनुभएका सम्पूर्ण निकाय तथा व्यक्तिहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्यदक्षताको प्रशंसा गर्नुहुँदै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न समेत निर्देशन दिनुभयो । उक्त कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देललगायत नेपाली सेनाका रथीवृन्दको उपस्थिति थियो ।

Comment

Related News

Latest News

Trending News