२०८१ असार २१, शुक्रबार १४:०५

रुसी सेनाले रुसी क्षेत्र र युक्रेनका क्षेत्रहरूमा गरी ५० युक्रेनी ड्रोनहरू नष्ट गरेको मस्कोको रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ।

मन्त्रालयले रुसको क्रास्नोडार र रोस्तोभ र युक्रेनको जापोरिझिया माथि ड्रोनहरू नष्ट गरिएको बताएको छ, जसलाई रुसले कब्जा गरेको दाबी गरेको छ।

वायु रक्षा प्रणालीले क्रास्नोडारमा १४ वटा, जापोरिजिया क्षेत्रमा २६ वटा र रोस्तोभ क्षेत्रमा  १० वटा युएभी नष्ट गरेको  टेलिग्राममा सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

रुसले जापोरिझिया क्षेत्रलाई कब्जा गरेको दाबी गरेता पनि, यस क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रण भने गररेको छैन।

Comment

Related News

Latest News

Trending News