अपडेट 
२०८१ असार २२, शनिबार १०:४७

सरकारमा सहभागी अशोक राई नेतृत्वको जसपाका मन्त्रीहरुले राजीनामा दिएका छन् ।

सरकारमा सहभागी स्वास्थ्यमन्त्री प्रदीप यादव र वनमन्त्री किशोर शाह सुडीले आज प्रधानमन्त्री प्ुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो राजीनामा बुझाएका हुन् ।

सरकारको मुख्य साझेदार एमाले बुधवार नै सरकारबाट बाहिरिसकेको छ । संसदमा सात सिट भएको अशोक राई नेतृत्वको जसपाले पनि समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीको पक्षमा अब माओवादी, रास्वपा र एकीकृत समाजवादी मात्रै बाँकी छन् । माओवादीका ३२, रास्वपाका २१ र एकीकृत समाजवादीका १० गरी प्रधानमन्त्रीको पक्षमा गरी ६३ सांसद छन् ।

यसअघि सरकारलाई समर्थन गरेका जनमत र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छैनन् । कांग्रेस र एमालेबीच गठबन्धन भइसकेपछि अल्पमतमा पर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो २८ गते पाँचौं पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिने हुनुभएको छ ।

Comment


Related News

Latest News

Trending News