
मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जनमत र एमाले बाहेकका सबै मन्त्रीलाई बर्खास्त गरेका छन्।
मुख्यमन्त्री सिंहले सबै मन्त्रीलाई राजिनामा दिन आग्रह गरेका थिए । तर राजीनामा पत्र बुझाउन नआएपछि, मुख्यमन्त्री सिंहले सबैलाई बर्खास्त गरेका हुन ।
मधेस सरकारमा माओवादीबाट संसदीय दलका नेता भरत साह अर्थ मन्त्री र युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन मन्त्री, नेकपा एसका संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिला चौधरी श्रम तथा रोजगार र नेपाल संघीय समाजवादी पार्टीकी पनि एक्ली सांसद विमला अन्सारी गृह तथा सञ्चार मन्त्रीलाई बर्खास्त गरिएको हो ।
मुख्यमन्त्री सिंहले केन्द्रिय गठबन्धनको निर्णय अनुसार यस्तो फैसला गरेको बताए ।
मुख्यमन्त्री सिंहले आज प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन । आज विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उनले त्यसपश्चात मन्त्रीमण्डल विस्तार गर्ने बताए ।