
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत पाएका छन् ।
शनिवार बसेको प्रदेशसभा बैठकमा उपस्थित जम्मा १०१ सांसदमध्ये ६७ जना सांसदले मुख्यमन्त्री सिंहको पक्षमा मतदान गरेका थिए भने ३४ जना सांसदले विपक्षमा मतदान गरेका थिए ।
माओवादी र एकीकृत समाजवादीको समर्थनमा बनेको सिंह नेतृत्वको सरकारले भने विश्वासको मतको विपक्षमा मतदान गरेका छन् भने कांग्रेस, एमाले, जनमत, लोसपाले पक्षमा मतदान गरेको छ ।जसपा नेपालले पनि सरकारको विपक्षमा मतदान गरेको थियो ।