२०८१ असार २३, आईतवार ०९:१२

मधेश प्रदेशमा जनमत पार्टीले आफ्नो सरकार बचाउन सफल भएको छ । मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालले आफ्नो नेतृत्वको सरकार बनाउनका लागि केन्द्रमा भएको नयाँ समीकरणलाई समर्थन गरे पनि अन्ततः जनमत पार्टीले आफ् नो मुख्यमन्त्रीलाई जोगाउन सफल भएको छ ।

केन्द्रमा सत्ता समीकरण फेरबदल भएसंगै मधेश प्रदेशमा समेत सोको असर पर्नु अगावै जसपा नेपालका अध्यक्ष उपेन्द यादवले नेकपा एमाले–नेपाली कांग्रेसको गठबन्धनलाई समर्थन गरेका थिए । तर पनि जनमत पार्टीले नयाँ गठबन्धनमा प्रवेश पाएसंगै जसपा नेपालको मुख्यमन्त्री पाउने योजना तुहिएको छ ।

प्रदेशमा मुख्यमन्त्री सतीशकुमार सिंहको सरकारले निरन्तरता पाउनका लागि नेकपा माओवादी केन्द्रसहित चार दलका ६ जना मन्त्रीलाई बर्खास्त गर्नु परेको थियो । त्यसपछि मुख्यमन्त्री सिंहले प्रदेशसभामा कांग्रेस, एमाले, लोसपाले विश्वासको मत पाए । मुख्यमन्त्री सिंहले शनिबार माओवादीका २, एकीकृत समाजवादीका २ र साना दलबाट बनेका २ जना मन्त्रीलाई बर्खास्त गरेका थिए ।

माओवादीका अर्थमन्त्री भरतप्रसाद साह, उद्योग तथा पर्यटनमन्त्री युवराज भट्टराई, एसका भूमि व्यवस्था मन्त्री गोविन्द बहादुर न्यौपाने तथा ऊर्जा मन्त्री बेची लुंगेली, नागरिक उन्मुक्ति पार्टीका श्रम मन्त्री उर्मिला सिंह र नेपाल संघीय समाजवादीका गृह तथा सञ्चार मन्त्री विमला अन्सारीलाई मुख्यमन्त्री सिंहले कांग्रेस र एमालेको विश्वास जित्नका लागि बर्खास्त गर्नु परेको थियो ।

जेठ २५ गते मुख्यमन्त्रीको सपथ लिएका सिंहले शनिबार प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभामा मत विभाजनको क्रममा उपस्थित १०१ जना प्रदेश सांसदमध्ये मुख्यमन्त्रीको पक्षमा ६७ मत र विपक्षमा ३४ मत परेको छ । मुख्यमन्त्री सिंहलाई कांग्रेस, एमाले, जनमत पार्टी, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको पक्षमा मत दिएका थिए ।

त्यस्तै मुख्यमन्त्री सिंहको विपक्षमा माओवादी, जसपा नेपाल, एस, नेपाल संघीय समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् । नयाँ गठबन्धन बनाएका कांग्रेस र एमालेले विश्वासको मत दिने संकेत प्राप्त भएपछि शनिबार मुख्यमन्त्री सिंहले माओवादीसहित चार दलका ६ जना मन्त्रीहरुलाई बर्खास्त गरेका थिए ।

मुख्यमन्त्री सतीशकुमार सिंहले नेकपा माओवादी केन्द्रसहित चार दलका छ मन्त्रीहरुलाई बर्खास्त गरेपछि रित्त रहेको मन्त्रालयहरु भागवण्डाका लागि कांग्रेस, एमाले, लोसपा नेपालको संयुक्त तथा छुट्टाछुट्टै बैठक बसिरहेको छ ।

कांग्रेस, एमाले, जनमत र लोसपाबीच भएको संयुक्त बैठकमा कांग्रेसले चार मन्त्रालयमा सहमति भएको स्रोतले बताएको छ । भने लोसपा नेपालले दुई मन्त्रालयमा दाबी गरेको छ । कांग्रेसले चार मन्त्रीसहित सरकारमा सहभागी हुने भएको छ भने लोसपाले एक मन्त्रालय पाउने सहमति भए पनि दुई मन्त्रालयमा दाबी गरिरहेको छ ।

तर मुख्यमन्त्रीले भने लोसपालाई एक मन्त्रालय दिने तयारी गरेको स्रोतले बताएको छ । मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा सहभागी हुने भएपछि एमालेले सम्हाल्दै आएको मन्त्रालयहरुसमेत फेरबदल हुनुपर्ने कांग्रेसको अडान छ । त्यस्तै कांग्रेसले जनार्दन क्षेत्रीको नेतृत्वमा शेषनारायण यादव, कौशलकिशोर राय, जितेन्द्रप्रसाद यादवलाई मन्त्री बनाउने तयारी गरेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार जितेन्द्रप्रसाद यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइने बताएको छ । तर मन्त्रालयहरुको भागवण्डा बारेमा अहिले नै टुंगो नलागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुमारकान्त झाले बताए । उनका अनुसार आइतबार बस्ने संसदीय दलको बैठकबाट आधिकारिक निर्णय गरिने छ । शनिबार नै रित्त पदमा नयाँ मन्त्रीहरु नियुक्ति गर्ने मुख्यमन्त्री सिंहको योजना रहे पनि कांग्रेस, एमाले लगायतका दलहरु छलफलमै रहेको जनाइएको छ । आइतबारसम्ममा मन्त्रीमण्डल पुनर्गठन हुने छ ।

Comment


Related News

Latest News

Trending News