महोत्तरीको जलेश्वरस्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा होमियोप्याथिक चिकित्सक (अधिकृत आठौँ) पदमा कार्यरत संगीताकुमारी साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोप–पत्र दायर गरेको छ । आरोपी साहले भारतको बिहार संस्कृत शिक्षा बोर्डद्वारा सञ्चालित मध्यमा परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेको भनि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको अभियोगपत्रमा उल्लेख छ ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले आरोपी साहले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा होमियोप्याथिक चिकित्सक (अधिकृत आठौं) पदमा नियुक्ति लिई ओहदा, लाभ र सुविधा प्राप्त गरेकी थिइन् ।