अपडेट 
२०८१ असार २५, मंगलवार ०८:४०

गुणस्तर तथा नापतौल कार्यालय, पर्साका पूर्वअधिकृत शशिभूषणकुमार यादव गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका छन् ।

उनलाई विशेष अदालतले दोषी ठहर गरेको छ । अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीशद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यादवलाई दोषी ठहर गरेको छ ।

अदालतले उनलाई ६ महिना कैद र ३ करोड ३० लाख ५१ हजार ३३६ रुपैयाँ जरिवानाको सजायसमेत तोकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवको वैध आय–व्यय गणना गर्दा उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको पाइएको छ । उनको वैधानिक आयभन्दा ३ करोड ३० लाख ५१ हजार ३३६ रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको पाइएको छ ।

Comment


Related News

Latest News

Trending News