अपडेट 
२०८१ असार २५, मंगलवार १३:४३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ ।

आयोगले महामन्त्री ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न केन्द्रीय समितिलाई सिफारिस गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी केन्द्रीय समिति बैठकमा उक्त सिफारिसबारे छलफल भइरहेको छ ।

केन्द्रीय समितिले अनुशासन आयोगको सिफारिस अनुमोदन गरेमा निलम्बित महामन्त्री ढकाल रास्वपाबाट बिदा हुनेछन् ।

Comment


Related News

Latest News

Trending News