२०८१ असार २५, मंगलवार १३:५४

नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रराय यादवले नेपालको संविधानको ७६ (२) अनुसार प्रधानमन्त्री बनेका प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत नपाएपछि ३ अनुसारको सरकार बन्ने दाबी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस र एमालेले संविधान संशोधनको कुरा उठाएकोप्रति आपत्ति जनाए।

उनले भने, ‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने वैधानिक प्रक्रिया हो। उहाँले २८ गते विश्वासको मत पाउनुभएन भने स्वतः उपधारा ३ अनुसारको सरकार बन्छ। त्यसैले प्रतिपक्षका साथीहरुलाई धैर्यता गर्न आग्रह गर्छु।’

उनले संविधान संशोधन गरेर दुई दलीय व्यवस्थामा देशलाई लैजान खोजेको हो भने स्वीकार्य नहुने चेतावनी दिए।

Comment

Related News

Latest News

Trending News