अपडेट 
२०८१ असार २७, बिहीबार ०९:०५

बर्दिवासको एकीकृत नमुना मुसहर बस्तीसंगै रहेको टोलमा खोल्सी र नालाको पानी पसेपछि घरहरु डुवानमा परेका छन् ।

नगरपालिकाको वडा नं २ र १४ का एक सय भन्दा बढी घर डुबानमा परेका छन् । मंगलबार बिहानदेखि लगातार परेको वर्षाले बस्ती नै जलमग्न बनेको छ । चुरेबाट बग्ने खोल्सी अतिक्रमण गरि घरटहरा बनाउदाँ समस्या भएको पीडितहरुले बताएका छन् । स्थानीय होमबहादुर भुजेलका अनुसार चुरेदेखिनै स्थानीयले आफ्नो ढंगले नियन्त्रण गर्दा खोल्सीले बाटो खोज्दै आफ्नो बस्तीलाई क्षति पु¥याएको छ ।

पानीको निकास नहुँदा खोल्सी, नाला र निर्माण हुँदै गरेको रेल्वेको ड्यामले पनि बस्तीमा जोखिम निम्तिएको स्थानीयहरुको भनाइ छ । रेल्वेले तत्कालै नाला नबनाउने हो भने बर्दिवासमा अझ बढी समस्या निम्तिने भुजेलले चिन्ता व्यक्त गरे । रेल्वेको ड्याम कसेर नाला नबनाउँदा पानी घरभित्र पसेको स्थानीय मिठु थापाले बताइन् ।

मंगलबार बिहान ४ बजेबाट लगातार परेको पानीले घरमा पानी भरिएपछि सडकममै बास बस्नु परेको थापाले बताइन् । घर जलमग्न भएपछि खान बस्न समस्या भएको र घरका अन्नपात र सरसामान सबै डुबेर नष्ट भएको उनको भनाइ छ । बर्दिवास–१४ का अध्यक्ष विजय महतोले बस्तीबाट पानीको निकास निकाल्न पहल भइरहेको बताउदै केही ठाउँमा पालिकाको डोजर लगाएर पानी निकासको काम गरिएको जनाए ।

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार वर्षाले जिल्लाको अन्य क्षेत्रमा भने अहिलेसम्म कुनै क्षति गरेको छैन ।

Comment


Related News

Latest News

Trending News