अपडेट 
२०८१ असार २९, शनिबार ०६:२०

बाढी पहिरोको चपेटामा परी बिहीबार २४ घन्टाभित्र १२ जनाको मृत्यु र ६२ जना बेपत्ता (लगभग मृत्यु) भएको सूचना सार्वजनिक भए यता मुलुक भावविह्वल छ । प्रभावितका आफ् न्तजन असीम पीडामा छन् । सुरक्षाकर्मीहरु वर्षा–बाढीको पर्वाह नगरी उद्धारमा जुटेका छन् । यस भावुक घडिमा मुलुकका विभिन्न भागमा देखिएका तिन दृश्यमार्फत आजको भनाइ सुरु गर्न चाहन्छु ।

पहिलो दृश्य : स्थान चितवनको नारायणगढ–मुग्लिन सडकको सिमलताल । समय : शुक्रबार बिहान साढे तीन बजे । काठमाण्डुबाट गौर आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डु जाँदै गरेको एन्जल बसमाथि पहिरो खस्छ । पहिरोसंगै बस नारायणी नदीमा विलीन हुन्छ । गणपति डिलक्समा ४१ र काठमाण्डुतर्फ जाँदै गरेको बसमा २४ जना गरी दुवै बसमा कुल ६५ जना सवार हुन्छन् । तीमध्ये ३ जना बसबाट हामफालेर ज्यान जोगाउन सफल भए पनि बाँकी ६३ जनाको अत्तो पत्तो छैन । यसै गरी बुटबलबाट काठमाण्डु जाँदै गरेको एक अन्य बसका चालकको टाउकोमा पहाडबाट झरेको ढुंगा लाग्छ । उपचारको क्रममा घाइते चालक मेघनाथ विकको मृत्यु हुन्छ ।

दृश्य दुई : समय : बिहीबार अवेर राति स्थान : कास्की जिल्लास्थित पोखरा महानगर पालिका १९ तल्लोकोट र पोखरा ३२ चैनपुर । माथिबाट खसेको पहिरोले घर बगाउँदा तल्लो कोटमा एकै घरका ७ जनाको तथा चैनपुरमा ३ जनाको मृत्यु हुन्छ । यसप्रकार एकै राति पहिरोमा पुरिएर पोखरा महानगर पालिकामा११ जनाको दुःखद मृत्यु हुन्छ ।

दृश्य : तीन स्थान: काठमाण्डुस्थित प्रतिनिधिसभा समय : शुक्रबार मध्यान्ह मुलुक असीम पिडामा रहेको बेला प्रधानमन्त्री (यो ब्लग प्रकाशित भएसम्म निवर्तमान प्रधानमन्त्री) पुष्पकमल दाहाल प्रचण्ड विश्वासको मत लिन उपस्थित हुन्छन् । १ घन्टा २२ मिनेट लामो सम्बोधनमा उनी बाढी पहिरोमा परी मृत्युवरण गर्नेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्छन् । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको शुभकामना दिन्छन्, अनि सुरक्षाकर्मीहरुलाई उद्धारमा जुट्न निर्देशन पनि दिन्छन् । अलि भावुक, अलि आक्रोशित, अलि कुटिल, अलिव्यंग मुद्रामा देखिएका प्रधानमन्त्री प्रचण्ड पछि सम्बोधन गर्ने विभिन्न दलका नेताहरुको भावभङ्गिमा पनि थोर बहुत प्रचण्ड जस्तै हुन्छ । तर विश्वास मतको पक्षमा बोल्ने सांसदहरुको अनुहारमा २४ घन्टाभित्र कालगतिले जीवन गुमाएका झण्डै ७६ जनाप्रतिको शोक भन्दा पनि सत्ता गम्न लागेको उदासी बढि देखिन्थ्यिो ।

अर्कोतर्फ नेपाली कांग्रेसर र एमाले गठबन्धनबाट प्रधानमन्त्री बन्न लागेका केपीशर्मा ओलीको पक्षमा लागेकाहरुको अनुहारमा भने ज्यान गुमाएकाहरु देखाउनु पर्ने सम्वेदना भन्दा पनि सम्भावित सत्ताको चमक बढि देखिन्थ्यिो । यस वर्षको मनसुन सक्रिय भएयताको १ महिनामा बाढी–पहिरोमा परी मुलुकमा ८८ जनाको मृत्यु भइसकेको छ । अनेकौँ बेपत्ता छन् । करोडौँको धनमाल क्षति भएको छ । मनसुनजन्य विपत्तिबाट विगत १० वर्षमा १ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका छन् । करिब ४ सय मानिस बेपत्ता भएका छन् । विभिन्न प्रकृतिजन्य प्रकोपमा परी १ हजार ५ सयभन्दा बढी मानिस घाइते भएका छन् ।

वर्षामा बाढी–पहिरो, गर्मीमा डढेलो÷आगलागी, हिमपात तथा जाडोमा शीतलहर नेपालीहरुका लागि विपद्को पहाड बनेर आउने गरेका छन् । जाडो, गर्मी, वर्षा र वसन्तको अनुभूति गर्ने दुनियाका बिरलै देशमध्ये हामी नेपाली पनि हौं । सबै मौसमको आ–आफ्नै गुण र दोष हुन्छन् । मौसमजन्य विपदालाई न्युनीकरण गर्ने अनेकौँ उपायहरु छन् । भौतिक संशाधन प्रयोग गरेर बाढी–पहिरो न्युनीकरण गर्न सकिन्छ । अनेकौँ देशले गरेका पनि छन् । तर दुर्भाग्य देशका नीति निर्माताहरु विकास निर्माण भन्दा पनि सरकार बनाउने र भत्काउने खेलमा रमाउन मन पराउँछन् । अहिले जनकपुरधाम– १ स्थित सीता चोकदेखि पूलचौक सडक भन्दा उत्तर, जनकपुरधाम– ४ को आनन्दनगर, वडा नम्बर ८ को रामानन्द चोकलगायतका मोहल्ला डुबानमा छन् । घर घरमा पानी पसेको छ ।

आम नागरिकको जीवन कष्टकर बनेको छ । पानीको निकास हुन नसकेकै कारण यी मोहल्लाहरु डुबानमा परेको स्थानीयवासीको आरोप छ । तर पूलचोक वरिपरिको डुबान भने जनप्रतिनिधि र ठेकेदारको लापरवाहीले गर्दा भएको हो ।

Comment


Related News

Latest News

Trending News