अपडेट 
२०८१ असार ३०, आईतवार ०८:०५

मधेश प्रदेशसभाबाट आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित भएको छ ।

शनिबार बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री तथा अर्थमन्त्री सतीशकुमार सिंहले पेस गरेको आर्थिक विधेयक २०८१ सर्वसम्मतरुपमा पारित भएको छ ।

सो बैठकमा छलफलको क्रममा उठेको प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री सिंहले विगतको सरकारले राखेको करको दायरालाई नै वर्तमान सरकारले यथावत राखेको जनाउँदै उनले यसमा कुनै प्रकारले परिवर्तन नगरिएको बताए । मुख्यमन्त्री सिंहले प्रदेश सरकार गठन हुँदा र बजेट बनाउँदा थोरै समय पाएका कारण करको विषयमा समीक्षा समेत गर्न नपाएको बताए ।

मुख्यमन्त्री सिंहले प्रदेश सरकारको आम्दानी बढाउन विज्ञहरूसँग परामर्श गरेर यस विषयमा छलफल गरेर नीति निर्माण गरी अघि बढ्ने बताए । कृषि क्षेत्रको विकास गरेर मधेशको आम्दानी बढाउन सक्ने र आत्म निर्भर बनाउन सक्ने भएकाले यस तर्फ सरकार गम्भीर रहेको उनले बताए । आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै जसपा नेपालका प्रदेशसभा सदस्य रामअशिष यादवले जनतालाई समस्यामा पारेर कुनै पनि प्रकारको कर लगाउन उचित नरहेको बताए ।

सो विधेयक पारित हुनु अघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले केही बेरका लागि बैठक अवरुद्ध गरेका थिए ।

Comment


Related News

Latest News

Trending News