अपडेट 
२०८१ असार ३०, आईतवार १७:०१

शुक्रबार भरतपुरको सिमलतालमा भएको दुर्घटनामा थप दुई शवको सनाखत भएको छ । चितवनको भरतपुर नगरपालिका–२८ स्थित गोलाघाट र नवलपरासी पूर्वस्थित गैँडाकोटमा भेटिएका भारतीय दुई नागरिकको सनाखत भएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गोलाघाटमा भेटिएको शव भारत बिहार घर भएका ३७ वर्षीय जयप्रकाश ठाकुरको पुष्टि भएको छ । जय प्रकाशका दाजु ओमप्रकाश ठाकुरले उनको सनाखत गरेका हुन् । ठाकुर बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा सवार थिए ।

यसैगरी बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्समा सवार भारत बेतियास्थित मझेलिया थान घर भएका ३० वर्षीय सजाद अन्सारीको शव गैँडाकोट नगरपालिका–७ मा भेटिएको प्रहरीले जनाएको छ । उनका दाजु मेराज हुसेनले सनाखत गरेका हुन् ।

हालसम्म पाँच वटा शव भेटिएको र भेटिएका सबै शवको सनाखत भएको प्रहरीले जनाएको छ । आज पनि पहिरो खसेको सिमलताल र नारायणी नदी क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर खोजी भइरहेको छ । हालसम्म पनि दुर्घटनामा परेका दुई वटा बस भेटिएका छैनन् ।

Comment


Related News

Latest News

Trending News