अपडेट 
२०८१ असार ३१, सोमबार १६:४३

महोत्तरीमा कुख्यात डाकालाई गोली हानेर पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ बस्ने ४० वर्षीय बीजेन्द्र पासवन छन् । विभिन्न चोरी डकैती घटनामा संलग्न रहेका पासवानलाई राति महोत्तरी प्रहरीले घुँडा मुनि गोली हानेर पक्राउ गरेको हो ।

खोजतलासको क्रममा आइतबार राती साढे १० बजेतिर महोत्तरीको सोनमा गाउँपालिका–५ खैरवनी स्थित सर्लाही र मोहत्तरी सिमाना सितलपुर भन्ने स्थानबाट घुँडा मुनि गोली प्रहार गरेर नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी संतुलाल प्रसाद जयसवारले जानकारी दिए ।

डीएसपी जयसवारका अनुसार खोजीको क्रममा फेला परेपछि उनलाई पक्राउ गर्न खोजिएको थियो । तर उनी भाग्न खोजेपछि घुँडा मुनि गोली हानेर नियन्त्रण लिएको डिएसपी जयसवारले बताए । पासवानको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार पासवान लामोसमयदेखि बारा, सर्लाही, महोत्तरी, सिरहा र सिन्धुली लगायत सीमा पारी भारतमा पनि पटक पटक डकैतीमा संलग्न भएको पाइएको छ ।

Comment


Related News

Latest News

Trending News