अपडेट 
२०८१ श्रावण १, मंगलवार ०८:२५

।प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको शपथ लिएसंगै मन्त्रिपरिषद् गठन गरेका छन् । सो मन्त्रिमण्डलमा अनुभवी मन्त्री र नयाँ अनुहारका मन्त्रीहरूले पनि स्थान पाएका छन् ।

नेपाली कांग्रेसले १० जना मन्त्री पठाउँदा ५ जना पुराना र ५ जना नयाँ मन्त्री पठाएको छ । कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेका प्रकाशमान सिंह उपप्रधानमन्त्रीसहित शहरी विकासमन्त्री बनेका छन् । उनी पहिले पनि उपप्रधानमन्त्री बनिसकेका छन् । गृहमन्त्री बनेका रमेश लेखक अहिलेको कांग्रेस–एमाले गठबन्धन बनाउन कांग्रेसको तर्फबाट विशेष भूमिका खेलेका छन् । सो भूमिका खेलेपछि उनी मन्त्री बन्ने निश्चित प्रायः नै थियो । लेखक यसअघि राज्यमन्त्री र मन्त्री पनि भइसकेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवापत्नी तथा केन्द्रीय सदस्य आरजु राणा नयाँ अनुहारकी मन्त्री छन् । उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी छन् । ऊर्जामन्त्री दीपक खड्का यसअघि राज्यमन्त्री बनिसकेका छन् । त्यस्तै, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही पहिलोपटक मन्त्री बनेका छन् ।

कानुनमन्त्री अजय चौर सिया २०५८ मा स्थानीय विकास सहायक मन्त्री बनेका थिए । त्यस्तै, युवा तथा खेलकुदमन्त्री बनेका तेजुलाल चौधरी नयाँ अनुहारका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल नयाँ अनुहारका मन्त्री छन् । त्यस्तै, कृषिमन्त्री बनेका रामनाथ अधिकारी पनि नयाँ अनुहारकै मन्त्री हुन् ।

सरकारको नेतृत्व गरेको दल नेकपा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल रहेका छन् । उनी यसअघि नै उपप्रधानमन्त्री बनिसकेका छन् । सञ्चारमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री पनि हुन् । गुरुङ २०६२÷०६३ को दोस्रो जनआन्दोलनपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड् ययनमन्त्री थिए ।

भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी प्रचण्ड सरकारमा पनि मन्त्री थिए । प्रचण्ड सरकारबाट ओली सरकारमा दोहोरिने एमालेका यी दुई जना मात्रै छन् । रक्षामन्त्री मानवीर राई, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता नयाँ अनुहारका मन्त्री छन् ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट खानेपानी मन्त्री बनेका प्रदीप यादव पटकपटक मन्त्री बन्दै आएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारमा उनी स्वास्थ्यमन्त्री थिए । जसपाबाटै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक नवलकिशोर शाह सुडी पनि अघिल्लो सरकारमा मन्त्री थिए । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका शरतसिंह भण्डारीको २० औँ पटक मन्त्री बनेका छन् ।

यता नवनियुक्त प्रधानमन्त्री ओलीले संसद्बाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् । उनले आगामी साउन ६ गते आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको हैसियतबाट देशवासीका नाममा सम्बोधन गर्न लागेका छन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले संसदमा साउन ६ गते सम्बोधन गर्न लागेको पुष्टि गरेका छन्

Comment


Related News

Latest News

Trending News