अपडेट 
२०८१ श्रावण २, बुधबार ०७:२३

संघमा भएको सत्ता समीकरणको साझेदारी अनुरुपको सरकार गठनका लागि मधेश प्रदेशमा जनमत , जसपा नेपाल , नेपाली कांग्रेसको ध्यान केन्द्रित भएको छ ।

मुख्यमन्त्री सतीशकुमार सिंहले विश्वासको मत लिनु पूर्व नेपाली कांग्रेससँग गरेको सहमति कार्यान्वयन नगरेपछि उत्पन्न असझदारीका परिणाम यी दलहरु केन्द्रीय निर्णयको पर्खाइमा रहेका छन् । नेपाली कांगे्रस संसदयि दलको बैठकमा मुख्यमन्त्री सिंहसँग सहमति बमोजिम मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिनु पूर्व नै अर्थ मन्त्रालयसहितको चार मन्त्रालयमा साझेदारीको छलफल गरेको तर त्यसमा कांग्रेस अडिग नभएका परिणाम यो अवस्था उत्पन्न भएको दलको नीति अनुरुप संघीय सरकारमा सहभागिताभन्दा पनि मधेशमा आफ्नो दलको मुख्यमन्त्री पहिलो प्राथमिकता भएको प्रवक्ताले बताए । उनले भने – यो गठबन्धनले हामीलाई मधेशमा मुख्यमन्त्री दिएको छ, त्यस कारण हाम्रो प्राथमिकता संघभन्दा पनि मधेश प्रदेशको मुख्यमन्त्री रहेको छ ।

जसपा नेपालका नेता मनिष सुमनले नयाँ गठबन्धनबाट सरकारमा सहभागिताका लागि प्रस्ताव आएकोमा तत्काल सरकारमा सहभागी नहुने निर्णयअनुसार सरकारमा सहभागी नभएको बताए । संघ सरकारमा समर्थन गर्ने तर सरकारमा सहभागी नहुनुले जनमत पार्टी , जसपा नेपालको लडाई मधेश प्रदेशको मुख्यमन्त्रीकै लागि केन्द्रित भएको छ । यदि जनमतको नेतृत्वको मधेश प्रदेशको सरकारलाई दिएको समर्थन एमाले, कांग्रेसले फिर्ता लिएमा आफ्नो नेतृत्वमा सरकार बनाउने रणनीति अनुसार नै जसपा नेपाल संघको सरकारमा सहभागी नभएको जानकार बताउँछन् । मधेशमा दुबै दलबीच अस्तित्वको लडाई भएका कारण पनि मधेश प्रदेशको सरकारको नेतृत्व प्राथमिकतामा रहेको छ । अहिले नै मधेश प्रदेशमा जसपा नेपालले सरकार बनाउनेबारेमा कुनै कुरा नभएको तर गठबन्धनबाट त्यो विषयमा छलफल भएमा आफ्नो दल तयार रहेको पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले बताए । जनमत पार्टीका संसदीय दलका नेता महेश यादव मन्त्रालयको भागवन्डा सन्दर्भमा उत्पन्न समस्या केन्दीय तहको प्रयासपछि समाधान हुने विश्वास व्यक्त गरे ।

स्रोतका अनुसार सहमति कार्यान्वयनप्रतिको उदासीनताले उब्जाएको विकल्पमा नेपाली कांग्रेसले आफ्नो नेतृत्वमै सरकार गठन, सरकारलाई बाहिरबाटै समर्थन दिने जस्ता विकल्पमा छलफलमा लागिपरेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका उपनेता उपेन्द्र महतो दुई मन्त्रालय बटम लाइन विपरीतको सहमति स्वीकारको पक्षमा नरहेको स्पष्ट गर्दे उनले भने – बटम लाइन नभए सरकार बाहिर सहयोग गर्नेछु । मुख्यमन्त्री सिंहले पुनः अर्थ मन्त्रालय आफै राखी कांग्रेसलाई तीन मन्त्रालय दिने रणनीति लिएमा विकल्पहरुको खोजीले तीव्रता पाउने नेपाली कांग्रेस ससदीय दलका प्रमुख सचेतक कुमरकान्त झाले बताए । उनले भने – विश्वासको मत प्राप्तपछि मुख्यमन्त्री सिंहको सहमतिप्रतिको अनुदार भावले विकल्पको खोजीतर्फ सोच्न बाध्यात्मक अवस्था सिर्जना गरेको छ । केन्द्रीय नेताको निर्णयको पर्खाइमा छौं , निर्णय आउने बित्तिकै विद्यमान अन्योलको छिनोफानोतर्फ ध्यान केन्द्रित हुने विश्वास सांसद शेषनारायण यादवको छ ।

नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक झाले सम्भवतः दुई दिनपछि प्रदेशमा उत्पन्न समस्याले निकास पाउने बताउँदै मुख्यमन्त्री सिंहले कांग्रेससँग गरेको सहमति कार्यान्वयन नगरेमा कांग्रेस विकल्पको बाटोमा अग्रसर हुने बताए ।

Comment


Related News

Latest News

Trending News