२०८१ श्रावण २, बुधबार १४:५२

बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासले आग्रह गरेको छ।

ढाकास्थित नेपाली दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै बंगलादेशमा अध्ययनरत सबै नेपालीलाई सुरक्षित रहन आग्रह गरेको हो।

बंगलादेशमा जारी कोटा विरोधी प्रदर्शनहरूमा भएका झडपका कारण शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी र निजी विश्वविद्यालय, शैक्षिक संस्थाहरू तत्कालको लागि बन्द गरेको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार अर्को सूचना जारी नभएसम्मका विद्यालयहरू बन्द हुनेछन्।  त्यही कारण दूतावासले नेपाली विद्यार्थीलाई अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन भनेको छ।

साथै विद्यार्थीहरूलाई आ-आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नसमेत अनुरोध गरेको छ। यद्यपी कलेज प्रशासनले होस्टेलबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा दूतावासलाई खबर गर्न भनिएको छ।

 

Comment

Related News

Latest News

Trending News