अपडेट 
२०८१ श्रावण २, बुधबार १६:२०

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आइतबार विश्वासको मत लिने भएका छन् ।

ओलीले साउन ६ गते आइतबार बस्ने प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेको एमाले सचेतक महेश बर्तौलाले बताएका हुन् ।

आइतबार नै ओली प्रधानमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी तोकिएको छ ।

७६ (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, ओलीले एक हप्तामै विश्वासको मत लिने तयारी गरेको बर्तौलाले बताए ।

ओली यही आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई  नेपाली कांग्रेसको समर्थनमा राष्ट्रपति रामचन्द्र पौडे‍लले प्रधानमन्त्रीमा नियुक्त गरका थिए ।

उनले कांग्रेस एमालेका १ सय ६६ जना सांसदको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस गरेका थिए । उनले सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिइसकेका छन् । प्रधानमन्त्रीमा ओलीको चौथो कार्यकाल हो ।

Comment


Related News

Latest News

Trending News