
प्रत्येक वर्ष झैँ यस वर्ष पनि साउने सङ्क्रान्तिमा धनुषाको कपिलेश्वरनाथ महादेव मन्दिरमा मेलाको आयोजना हुने भएको छ।
धनुषास्थित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा अवस्थित प्राचिनकालीन कपिलेश्वरनाथ महादेव मन्दिरमा साउनको पहिलो साताको सोमबारदेखि साउने मेला हुन लागेको हो ।
कपिलेश्वरनाथ युवा कमिटीले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त मेलाबारे जानकारी दिएको हो । साउने सङ् क्रान्तिको अवसरमा शनिबार बिहान ८ बजे कलश यात्राको आयोजना समेत गरिएको आयोजक कमिटीका अध्यक्ष मनोजकुमार साहले जानकारी दिए । उक्त कार्यक्रममा जनकपुरधाम वडा नम्बर १६ का अध्यक्ष रामचन्द्र पजियारले आयोजना हुन लागेको साउन मेलालाई व्यवस्थित बनाउन नेपाल प्रहरी तथा ट्राफिक प्रहरीसँग समेत समन्वय गर्ने बताए ।
यस्तै कमिटीका सल्लाहकार समेत रहेका श्रीनारायण साहले मन्दिरको इतिहास र महत्वबारे जानकारी दिदै बर्सेनि लाग्दै आएको साउने मेला नेपाल तथा भारतका लाखौँ भक्तजन आउने गरेको बताए । आयोजना हुने मेलाको कलश यात्राका लागि जनकपुरधामको गंगासागरबाट जल ल्याइने छ भने साउन महिनाभर मन्दिरमा प्रत्येक सोमबार साँझ ७ बजे सन्ध्या आरतीको आयोजना गरिने छ।