अपडेट 
२०८१ श्रावण ३, बिहीबार ०८:२१

जनकपुरधामको विद्यापति चौक स्थित राजर्षिजनक क्याम्पसले प्लस टुको नयाँ सेशनका लागि प्रवेश परिक्षा लिएको छ । क्याम्पसको नव निर्मित भवनमा लिइएको प्रवेश परिक्षामा सफल हुने विद्यार्थीहरु उच्च शिक्षा अन्तर्गत कक्षा ११ मा भर्ना हुन पाउने छन् ।

विज्ञान, बाणिज्य र मानविकी संकायमा कक्षा ११ मा भर्नाका लागि प्रवेश परिक्षा लिइएको र भोली नतिजा आउने प्रिन्सिपल धर्मेन्द्र झाले बताए । हिसान धनुषाका अध्यक्ष समेत रहेका सञ्चालक संजिव कुमार ठाकुरले जनकपुरधामका विद्यार्थीहरु उच्च शिक्षाका लागि काठमाण्डु भाग्नु बिडम्वना रहेको बताए । उनले अझै जनकपुरधामको शैक्षिक संस्थाहरु सवल रहेको बताए ।

सञ्चालक तथा निर्देशक निरज कुमार झा गुड्डुले क्याम्पसको आफनै एक भिजन रहेकाले जस्तो सुकै परिस्थितीमा पनि गुणस्तरीय शिक्षा र शिक्षण प्रणालीमा सम्झौता नगर्ने बताए । क्याम्पस सञ्चालन हुदै आएको भवन देखि केहि मात्र दक्षिण राम्रो क्षेत्रफलमा क्याम्पसको आफनै नयाँ भवन सञ्चालनमा आएको छ ।

Comment


Related News

Latest News

Trending News