अपडेट 
२०८१ श्रावण ३, बिहीबार १०:२८

गएको आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात माघ, फागुन र चैतमा आर्थिक वृद्धिदर २ दशमलव २ प्रतिशतमात्र भएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार कृषिबाहेकका चार महत्वपूर्ण क्षेत्रमा एकसाथ ऋणात्मक वृद्धिदर भएकाले समग्र वृद्धिदर घटेको हो । यस अवधिमा व्यापार, उत्पादनमूलक उद्योग, निर्माण, खानी तथा खनिज क्षेत्रमा ऋणात्मक वृद्धिदर देखिएको छ ।

विगतमा आर्थिक वृद्धि न्यून हुनुको प्रमुख कारण कृषि हुने गरेको थियो । कार्यालयकाअनुसार यो पटक कृषि क्षेत्रमा औसतभन्दा बढी वृद्धिदर कायम भएको छ । तर अरु धेरै क्षेत्रमा वृद्धिदर ऋणात्मक भएकाले समग्र वृद्धिदर न्यून देखिएको हो । विशेषगरी व्यापार र निर्माण क्षेत्रमा समस्या देखिएको छ ।

अर्थतन्त्रमा १४ प्रतिशतको योगदान रहेको व्यापार क्षेत्र २ दशमलव ७ प्रतिशतले ऋणात्मक देखिएको छ । अर्थतन्त्रमा ५ प्रतिशतको योगदान रहेको निर्माण क्षेत्र ११ प्रतिशतले ऋणात्मक बन्न पुगेको छ । उत्पादनमूलक उद्योग २ प्रतिशत र खानी तथा उत्खनन् क्षेत्र ४ दशमलव ८ प्रतिशतले ऋणात्मक छन् ।

Comment


Related News

Latest News

Trending News