अपडेट 
२०८१ श्रावण ३, बिहीबार १३:५०

हिजो अहिलेसम्मकै उच्च रेकर्ड बनाएको सुनकाे भाउ आज भने तोलामा तीन सय रुपैयाँले घटेको छ ।

आज सुनकाे भाउ तीन सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ४९ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार आठ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी ३५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News