अपडेट 
२०८१ श्रावण ४, शुक्रबार ०७:३०

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समीकरण आगामी २०८४ सालसम्म कायम रहने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता निधिले वर्तमान सरकारलाई आ– आफ्नो तर्फबाट सहयोग गर्नका लागि समेत नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले अहिलेको सरकार स्थायी रहने दाबी गर्दै यसका लागि ढुक्कसंग बस्नका लागि आग्रह गरे । मधेश प्रदेश सरकारमा सहभागिताबारे उन भने, ‘मन्त्रालय ठूलो कुरा होइन, मिलेर समस्या समाधान गरेर जानुपर्छ ।’

विमानस्थलमा नेता निधिको साथमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसमेत थिए । यता जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेतृत्व सरकारको आवश्यकता रहेको बताएका छन् । पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष यादवले मधेश सरकारलाई स्थिर बनाउन जसपा नेतृत्व सरकारको आवश्यकता रहेको बताए । उनले विगतमा जसपाले पूर्णता दिएर स्थिर सरकार चलाएका कारण अहिले पनि मधेश प्रदेश सरकारलाई स्थिर राख्न जसपा नेपालको नै अवश्यकता रहेको जिकिर गरे । उनले केन्द्रीय राजनीतिको अभ्यास गलत भइरहेका कारण प्रदेशमा पनि केन्द्रकै असर परेको बताए ।

Comment


Related News

Latest News

Trending News